सशस्त्र प्रहरी बल (एपिएफ) ले दसैंको दुई दिन निःशुल्क बस सेवा सञ्चालन गर्ने भएको छ । सशस्त्र प्रहरीले महानवमी र विजयादशमीको दिन काठमाडौंमा निःशुल्क बस सेवा सञ्चालन गर्न लागेको हो ।
असोज २८ गते बिहान १० बजेदेखि २९ गते साँझ ५ बजेसम्म निःशुल्क बस सेवा सञ्चालन गरिने सशस्त्र प्रहरी बलले जनाएको छ । बस दुई रूटमा सञ्चालन भई चक्रपथ परिक्रमा गर्नेछ ।
पहिलो रूटमा एपिएफ प्रधान कार्यालय हलचोकदेखि वनस्थली, बसुन्धारा, चाबहिल, कोटेश्वर, सातदोबाटो, कलंकी हुँदै हलचोक नै फर्किनेछ ।
त्यस्तै दोस्रो रूटमा हलचोकबाट स्वयम्भू चोक, कलंकी, सातदोबाटो, कोटेश्वर, चाबहिल, वनस्थली हुँदै हलचोक नै फर्किनेछ ।
सशस्त्र प्रहरी बलले विगत वर्षहरूमा पनि दशैंको अवसरमा निःशुल्क बस सेवा सञ्चालन गर्दै आएको थियो ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।