मुगु बस दुर्घटनाः २६ जनाको शव फेला, १४ घाइतेलाई हेलिकप्टरमार्फत नेपालगञ्ज लगियो
ज्यान गुमाउनेमा अधिकांश विद्यार्थी

मुगु बस दुर्घटनामा परी अहिलेसम्म २६ जनाको शव फेला परेको प्रहरीले जनाएको छ । मुगु प्रहरीका अनुसार दुर्घटनामा परेर मृत्यु भएकाहरूको शव संकलन गर्ने कार्य अझै जारी रहेको छ । 

अहिलेसम्म २६ जनाको शव फेला परेको र बाँकी अझै खोज्ने कार्य जारी रहेको मुगुका प्रमुख जिल्ला अधिकारी रोमबहादुर महतले जानकारी दिए । घाइते सबैको उद्धार गरेर अस्पताल पठाउने कार्य सकिएको उनको भनाइ छ । 

दुर्घटनामा परी घाइते भएका १४ जनालाई हेलिकप्टरमार्फत नेपालगञ्ज लगिएको प्रजिअ महतले बताए । दुर्घटनामा घाइते भएकामध्ये १२ जनालाई समिट एयरको हेलिकप्टरबाट र २ जनालाई नेपाली सेनाको हेलिकप्टरबाट नेपालगञ्ज लगिएको प्रजिअ महतले बताए । बस सडकबाट करिब ३०० मिटर तल खसेको थियो । भीरमा खसेकाले उद्धारमा कठिनाइ भएको थियो । 

घाइतेमध्ये एक जनालाई जिल्ला अस्पताल गमगढी लगिएको छ । बस दुर्घटनापछि स्थानीय सशस्त्र प्रहरी बल, नेपाल प्रहरीको सहयोगमा उद्धार गरिएको थियो । 

दुर्घटना के कति कारणले भएको यकिन खुल्न नसकेपनि ओभर लोडका कारण नियन्त्रण बाहिर गएको हुनसक्ने अनुमान गरिएको छ । ४० जना भन्दा बढी यात्रु बोकेको बसमा पढाइका लागि काठमाडौं, नेपालगञ्ज लगायतका विभिन्न शहरमा गएकाहरू दसैं मनाउन घर फर्किनेहरू थिए ।  

दसैंको बेला प्लेनको भाडा बढेको तथा प्लेन नपाउने समस्याका कारण मानिसहरू बसमा कोचाकोच गरेर आउन बाध्य छन् । जसले गर्दा यसरी दुर्घटनाको सिकार भइरहेको छायाँनाथ रारा नगरपालिकाकी उपमेयर सुन्तला रोकायाले बताइन् । 



थप समाचारः 

मुगुमा बस दुर्घटना हुँदा १६ जनाको मृत्यु, १८ जना घाइते



मुगु बस दुर्घटनाः मृतकको संख्या २३ पुग्यो, उद्धारको कार्य जारी

मुगुका घाइतेको उद्धारका लागि नेपाली सेनाको हेलिकप्टर जाँदै

  • प्रकाशित मिति : असोज २६, २०७८ मंगलबार १६:४३:३२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया