ग्लोबल आइएमई बैंकले आर्थिक वर्ष २०७७/७८ मा आफ्ना शेयरधनीहरुलाई १३.५ प्रतिशत लाभांश दिने निर्णय गरेको छ ।
बैंक संचालक समितिको मिति सोमबार बसेको ३९३औं बैठकले नेपाल राष्ट्र बैंक तथा बैंकको १५ औँ वार्षिक साधारणसभाको स्वीकृति पश्चात उक्त निर्णय गरेको हो ।
आर्थिक वर्ष २०७७/०७८ को वितरण योग्य मुनाफा समेतबाट आफ्ना शेयरधनीहरुलाई २ अर्र्ब ९२ करोड बराबरको १३.५ प्रतिशत लाभांश (बोनश शेयर १० प्रतिशत र नगद लाभांश ३.५० प्रतिशत) वितरण गर्ने गरी प्रस्ताव गर्ने निर्णय गरेको हो ।
हाल बैंकको चुक्ता पूँजी २१ अर्ब ६३ करोड रुपैयाँ रहेकोमा प्रस्तावित १० प्रतिशत बोनस शेयर वितरण पश्चात चुक्ता पुँजी २३ अर्ब ७९ करोड पुग्ने छ ।
त्यस्तै, नगद लाभांश वितरण पश्चात बैंकको कूल पुँजीकोष ३६ अर्ब ९२ करोड रहने छ । देशमा संचालित कुनै पनि वाणिज्य बैंकहरू भन्दा यो पुँजीकोष अत्यधिक रहेको छ ।
ग्लोबल आइएमई बैंकले आर्थिक वर्ष २०७७/७८ मा ४ अर्ब १६ करोड रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । १० प्रतिशत बोनस शेयर वितरण पश्चात बैंकको चुक्ता पुँजी २३ अर्ब ७९ करोड रुपैयाँ पुग्ने छ ।
कूल २७७ अर्ब निक्षेप तथा २६५ अर्ब कर्जा लगानी रहेको बैंकको हाल ७६ जिल्लामा फैलिएका २८० शाखाहरु, ४७ राजश्व संकलन तथा एक्सटेन्सन काउण्टर, २५० एटिएम, तथा २५७ शाखा रहित बैंकिङ्ग सेवा तथा ३ वटा वैदेशिक प्रतिनिधि कार्यालयसमेत गरी करिब ८०० सेवा केन्द्रबाट २६ लाखभन्दा बढी ग्राहकलाई सेवा प्रदान गरिरहेको छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।