आज देशभर थपिए ७९२ जना कोरोना संक्रमित, १४ जनाको मृत्यु

पछिल्लो चौबिस घण्टामा देशभर थप ७९२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टी भएको छ । 

देशभर ७ हजार ६० जनाको पिसीआर र २ हजार ५५९ जनाको एन्टिजेन विधिबाट गरी कूल ९ हजार ६१९ जनाको कोरोना परिक्षण गरिएको थियो । 

नेपालमा हालसम्म ८ लाख ९६ लाख ७६९ जनामा कोरोना संक्रमण पुष्टी भइसकेको छ । संक्रमितमध्ये ७ लाख ७७ हजार ७४१ जना निको भइसकेका छन् । 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो चौबिस घण्टामा कोरोना भाइरस संक्रमणका कारण नेपालमा थप १४ जनाको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोनाका कारण मृत्यु हुनेको संख्या ११ हजार २५७ पुगेको छ । 





  • प्रकाशित मिति : असोज २६, २०७८ मंगलबार २०:९:३५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया