बाइडेनको ज्यान बचाउने दोभाषेले छोडे अफगानिस्तान

एक समय अमेरिकी राष्ट्रपति जो बाइडेनको ज्यान बचाउने अफगानिस्तानका दोभाषे अमन खलीलीले आफ्नो परिवारसहित अफगानिस्तान छोडेको छन् । 

कुरा सन् २००८ को हो । हिउँ आँधी आएपछि अमेरिकी सेनाको हेलिकप्टरले आपत्कालिन अवतरण गर्न परेको थियो । उक्त हेलिकप्टरमा जो बाइडेन पनि थिए, जतिबेला उनी अमेरिकी सांसद थिए । 

जुन स्थानमा हेलिकप्टर अवतरण गरिएको थियो त्यो सुरक्षाको हिसाबले निकै संवेदनशिल रहेको थियो । उक्त स्थानमा जुनसुकै बेला अलकायदा र तालिबान लडाकुले आक्रमण गर्नसक्थे । 

त्यतिबेला केही अफगानी स्टाफले जो बाइडेन समेत अन्य अमेरिकी सांसदलाई सुरक्षित रुपमा फर्कन मद्दत गरेका थिए । यसमा प्रमुख थिए अमन खलीली । 

अगष्टमा तालिबानले अफगानिस्तान कब्जा गरेपछि खलीलीले आफूलाई सुरक्षित स्थानमा लैजान अमेरिकालाई अनुरोध गरेका थिए । अनुरोध गरेको दुई महिनापछि आफ्नो परिवारका सदस्यलाई साथै लिएर अफगानिस्तान छोड्न उनी सफल भएका छन् । 

अमेरिकाको विदेश मन्त्रालयले खलीली सुरक्षित रुपमा अफगानिस्तान छोड्न सफल भएको र उनी पाकिस्तान हुँदै अमेरिका आउने जनाएको छ । (बिबीसी) 





  • प्रकाशित मिति : असोज २६, २०७८ मंगलबार २१:१७:३६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया