मन्दिरकै पछाडि खुलेआम मदिरा बिक्रि

महोत्तरीको ग्रामिण क्षेत्रमा मन्दिरकै पछाडि खुलेआम रुपमा मदिरा बिक्रि भईरहेको पाइएको छ । 

स्थानीय प्रहरी प्रशासनले मदिरा बिक्रि वितरण तथा ओसारपसारलाई बन्द गर्ने निर्णय गरेपनि त्यो निर्णय भने कागजमा मात्रै सिमित भएको छ । 

जिल्लाको बर्दिबास नगरपालिका वडा नम्बर–९ स्थित पथलैया बजारमा खुलेआम नियम विपरित रुपमा मदिरा बिक्रि भईरहेको स्थानिय बताउँछन् । उनीहरुले स्थानीय प्रशासनको यसतर्फ कुनै ध्यान नपुगेको गुनासो समेत गरेका छन् । 

स्थानीय दिलिप साहले भने,‘पथलैया बजारस्थित दुर्गा मन्दिरकै पछाडि नियमित रुपमा दिनहुँ मदिरा बजार लाग्ने गरेको छ । चाडपर्वको बेलामा पनि मन्दिर पछाडि खुलेआम रुपमा मदिरा बिक्री भइरहेको प्रहरीले पनि देख्छ तर, कुनै कारवाही गर्दैन ।’ 

उनले मेला हेर्न आउने श्रद्धालुहरु मन्दिरकै पछाडि खुलेआम रुपमा मदिरा बिक्री भईरहेको देख्दा अचम्मित हुने गरेको बताए । 

यस सम्बन्धमा बर्दिबास नगरपालिका वडा नम्बर–९ का वडाध्यक्ष टेकबीर रखालले ग्रामिण क्षेत्र भित्र जनचेतनाको अभावले गर्दा बूढापाका देखि युवाहरु समेत मदिराको कुलतमा फसेका बताए । 



अध्यक्ष रखालले आफुहरु मदिरा बिक्री–वितरण नियन्त्रणका लागि पटक–पटक पहल गर्दा पनि नियन्त्रण भने हुन नसकेको भन्दै दुःख व्यक्त गरेका छन् ।



  • प्रकाशित मिति : असोज २६, २०७८ मंगलबार २२:३:२४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया