महोत्तरीमा भएको दुर्घटनामा २ जनाको मृत्यु

महोत्तरीको बर्दिबास नगरपालिका ४ मा हिजो बेलुका दुई वटा मोटरसाइकल ठोकिदा दुई जनाको मृत्यु भएको छ भने १ जना भने गम्भीर घाइते भएका छन् । 

विपरित दिशाबाट जाँदै गरेका प्रदेश २–०१–००२ प ०५९७ र ज १२ प २९ ६१ नम्बरको मोटरसाइकल हिजो बेलुकी सवा ७ बजे ठोक्किएर दुर्घटना भएको हो। 

मृत्यु हुनेमा सर्लाहीको ईश्वरपुर नगरपालिका– १ का २८ वर्षीय विजयकुमार महतो र महोत्तरीको बर्दिबास नगरपालिका ३ गौरीडाँडाका २७ वर्षीय सुरज तामाङ रहेका छन् । 

महतोको मृत्यु शुभ स्वस्तिक अस्पताल बर्दिबासमा भएको र तामाङको मृत्यु रामजानकी अस्पतालमा भएको महोत्तरी प्रहरीले जनाएको छ । घाइते भएका १ जनाको राम जानकी अस्पतालमा उपचार भइरहेको छ ।





  • प्रकाशित मिति : असोज २७, २०७८ बुधबार १०:८:११

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया