एनसीबीको आरोप– शाहरुख खानका छोरा आर्यन ड्रग्सको कारोबार गर्थे

नारकोटिक्स कन्ट्रोल ब्युरो (एनसीबी)ले मुम्बई क्रुज शिप ड्रग्स प्रकरणमा आज आफ्नो जवाफ मुम्बईको अदालतमा पेश गरेको छ । 

एनसीबीले बलिउड सुपरस्टार शाहरुख खानको छोरा आर्यनको जमानतको विरोध गरेको छ । आर्यनसँग ड्रग्स नभेटिए पनि सबै आरोपित ड्रग्स कारोबारमा संलग्न रहेको एनसीबीले बताएको छ । 

मुम्बई क्रुज शिप ड्रग्स प्रकरणमा शाहरुखका छोरा आर्यन समेत २० जनालाई प्रहरीले पक्राउ गरेको थियो । एनसीबीले अदालतलाई बुझाएको जवाफमा आर्यनले ड्रग्स सेवन गरेको उल्लेख छ । 

एनसीबीले आर्यन माथि अवैध ड्रग्सको बिक्री र राखेको आरोप लगाएको छ । आर्यनलाई प्रहरीले अक्टोबर २ का दिन पक्राउ गरेको थियो । 
 





  • प्रकाशित मिति : असोज २७, २०७८ बुधबार १५:१४:२५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया