नेपालमा पछिल्लो २४ घण्टामा ३६५ जना नयाँ कोरोना संक्रमित थपिएका छन् । ५ हजार ५९४ जनाको पीसीआर परीक्षण गराउँदा ३६५ जनामा संक्रमण पुष्टी भएको हो ।
६०९ जना कोरोना संक्रमणमुक्त भएर घर फर्किएका छन् । कोरोना संक्रमणबाट ४ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
कोरोना महामारीको दोस्रो लहर सुरुपछि पहिलो पटक सबैभन्दा कम संक्रमण देखिएको हो । अहिले देशभर १४ हजार २६७ जना सक्रिय संक्रमित छन् ।
पछिल्लो समय २४ घण्टामा २ हजार २७५ जनाले कोरोना भाइरसविरुद्धको खोप लगाएका छन् ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।