साफ च्याम्पियनसिपः पहिलो हाफमा नेपालविरुद्ध बंगलादेशको अग्रता

साफ च्याम्पियनसिप अन्तर्गत भईरहेको बंगलादेश विरूद्धको खेलमा नेपाल १ गोलले पछि परेको छ । 

माल्दिभ्सको मालेस्थित नेशनल फुटबल मैदानमा जारी खेलको पहिलो हाफ सकिँदा बंगलादेश १-० ले अघि रहेको हो। खेल सुरु भएको नवौं मिनेटमा सुमन रेजाले गोल गर्दै बंगलादेशलाई अग्रता दिलाएका हुन् । 

कप्तान जमल भुयानले दिएको फ्रिकिक पासमा सुमनले हेडिङ गोल गरेका थिए । नेपाललाई आजको खेल निर्णायक मानिएको छ । फाइनल प्रवेशका लागि नेपालले कम्तिमा बराबरी नतिजा निकाल्नुपर्ने हुन्छ । अंक तालिकाको शीर्ष स्थानमा रहेको बंगलादेश पनि नेपालमाथि जित निकालेर फाइल यात्रा सुरक्षित गर्न चाहन्छ । 





  • प्रकाशित मिति : असोज २७, २०७८ बुधबार १७:४१:२९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया