दशैं भ्याकेसन मनाउन आँचल-उदिप दुबईमा

दशैंका लागि टाढा टाढाबाट मानिसहरू घर फर्किन्छन् । विदेशमा रहेका आफन्तहरू पनि जसरी भएपनि दशैंका लागि भनेर घर फर्किन्छन् । 

तर, कतिपय मानिसहरू दशैं बिदा मनाउन बाहिर घुम्न जाने गरेका छन् । नायिका आँचल शर्मा र उनका श्रीमान उदित श्रेष्ठ दशैं बिदा मनाउन विदेशतिर लागेका छन् । उनीहरू यतिबेला दुबईमा रमाइरहेका छन् । दुबई स्थित बुर्ज खलिफा क्षेत्रमा तस्बिर खिचाएर सामाजिक सञ्जालमा सार्वजनिक गरेका छन् । 

तस्बिर सार्वजनिक गर्दै आँचलले 'मेरो मन पर्ने ठाउँ' भन्दै क्याप्सन लेखेकी छिन् । पछिल्लो समय म्यूजिक भिडियोमा समेत व्यस्त रहँदै आएकी आँचलले डा. श्रेष्ठसँग २०७६ को चैतमा विवाह गरेकी थिइन् । 

बेला बेला चर्चामा आउने गरेका उनीहरूको जोडीलाई धेरैले रुचाएका छन् । 





  • प्रकाशित मिति : असोज २७, २०७८ बुधबार १८:८:३९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया