सवारी दुर्घटनाका घाइतेको सरकारले निःशुल्क उपचार गर्ने

सरकारले सवारी दुर्घटनामा परी घाइते भएकाहरूको निःशुल्क उपचार गर्ने भएको छ । केहिदिनयता कास्की, मुगु लगायतका जिल्लामा सवारी दुर्घटनामा परी घाईते भएकाहरूको उपचार खर्च सरकारले नै बेहोर्ने भएको हो । 

गृह मन्त्रालयले आज एक विज्ञप्ती जारी गर्दै सवारी दुर्घटनाबाट भएको क्षतिले सरकारको गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । 

सवारी दुर्घटनामा ज्‍यान गुमाउनेहरुको अन्त्‍येष्टि तथा किरियाखर्च साथै मृतकका परिवारलाई उचित राहतको व्‍यवस्था गरिने मन्त्रालयका प्रवक्ता फणिन्द्रमणि पोखरेलद्वारा जारी विज्ञप्तिमा उल्लेख गरिएको छ । 

पछिलो चार दिनयता कास्की, अछाम, मुगु लगायतका जिल्लामा सवारी दुर्घटनामा परेर ७० जनाको मृत्यु भएको छ । मंगलबार  मुगुको छायाँनाथ रारा नगरपालिका–७ पिना तपने खोलामा बस दुर्घटना हुँदा ३२ जनाको मृत्यु भएको थियो ।    त्यसअघि सोमबार कास्कीको अन्नपूर्ण गाउँपालिका–१० हुदुमा बोलेरो जिप दुर्घटना हुँदा ८ जनाको घटनास्थलमै मृत्यु भएको थियो ।   

त्यसअघि अछामको पन्चदेवल विनायक नगरपालिका–१ जाल्पेश्वरी माध्यमिक विद्यालयको प्राङ्गणमा ब्याक गर्ने क्रममा से.१च १७६३ नम्बरको विवाहको गाडी करिब २ सय ५० मिटर तल खेतमा खस्दा ४ जनाको मृत्यु भएको थियो । आइतबार नै स्याङजाको वालिङ नगरपालिका–१० मोदीखोलास्थित सडकमा ग।१ ज ४९१८ नम्बरको जिप सडकदेखि करिब ५० मिटर तल खस्दा ३ जनाको मृत्यु भएको थियो । 

आज दिनभर छुट्टा छुट्टै दुर्घटनामा परी १२ जनाको मृत्यु भएको छ । महोत्तरी, दाङ, सुनसरी, बैतडी, चितवन, बर्दिया र झापामा भएको सवारी दुर्घटनामा उनीहरुको मृत्यु भएको प्रहरीले जनाएको छ । 



दशैंका मुखमा घर फर्किने यात्रुहरू दुर्घटनामा परिरहेका छन् ।  



  • प्रकाशित मिति : असोज २७, २०७८ बुधबार १८:४०:४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया