मध्यपश्चिम विश्वविद्यालय र भारतको चण्डीगड विश्वविद्यालयबीच सम्झौता

मध्यपश्चिम विश्वविद्यालय र भारतको चण्डीगढ विश्वविद्यालयले आपसमा शैक्षिक सहयोग एवं द्विपक्षीय सम्बन्धलाई बढावा दिने उद्देश्यले समझदारी पत्र (एमओयू) मा हस्ताक्षर गरेका छन् ।

भारतको पञ्जाबमा आयोजित कार्यक्रममा मध्यपश्चिमका उपकुलपति प्रा. डा. नन्दबहादुर सिंह र चण्डीगढ विश्वविद्यालयका सहकुलपति प्रा. डा. आरएस बावले समझदारीपत्रमा हस्ताक्षर गरेका हुन् । 


समझदारी पत्र हस्ताक्षर भएको मितिदेखि पाँच वर्षसम्म लागू हुनेछ । सम्झौतापछि दुवै विश्वविद्यालयले शैक्षिक उत्कृष्टता, सङ्काय र विद्यार्थी आदानप्रदान, अनुसन्धान सहयोग, गुणस्तरीय शिक्षा, सकारात्मक वातावरण, परिवर्तनकारी पहल, सांस्कृतिक र प्रासङ्गिक विकास मोडेल विस्तारका साथै द्विपक्षीय सम्बन्धलाई बढावा दिने बताएका छन् ।

मध्यपश्चिम विश्वविद्यालयका उपप्राध्यापक पञ्चदेव भट्टले समझदारीले विश्वव्यापी आवश्यकताहरुको सामना गर्न २१ औं शताब्दीका लागि उपर्युक्त मानव संशाधन तयार गर्न अवसर सिर्जना गर्ने बताए । हस्ताक्षर समारोहमा दुवै विश्वविद्यालयका उच्च पदाधिकारी, प्राध्यापकहरूको सहभागिता थियो । 





  • प्रकाशित मिति : असोज २७, २०७८ बुधबार २०:६:१४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया