नेपालीहरू यतिबेला दशैंको हर्षोल्लासमा रमाइरहेका छन् । नेपाली मात्र नेपालमा बसोबास गर्दै आएका विदेशीले पनि दशैंलाई विशेषगरी मनाइरहेका छन् ।
नेपालका लागि अस्ट्रेलियन राजदूत फेलिसिटी भोल्कले पनि दशैंलाई विशेष उत्सवका रूपमा मनाइरहेकी छिन् । बडा दशैंको आज नवौं दिन महा नवमी । राजदूत भोल्कले काठमाडौंका विभिन्न मठ मन्दिरमा गएर पूजा गरेकी छिन् । काठमाडौंका विभिन्न मठमन्दिरको पूजा गर्दै राजदूत भोल्कले पूजाको अनुभव एकदमै अविस्मरणीय रहेको बताएकी छिन् ।
यसअघि उनले दशैंको शुभकामना समेत व्यक्त गरेकी थिइन् । नेपाली र अंग्रेजीमा बोल्दै उनले भिडियो सन्देश जारी गरेकी थिइन् ।
२०७७ को चैतमा नेपालीका लागि राजदूत बनेर आएकी भोल्कले पहिलो पटक दशैंलाई नजिकबाट नियाल्ने मौका पाएकी हुन् ।
नेपालमा राजदूतको कार्यभार सम्हालेसँगै उनले नेपाली रितिरिवाजलाई फलो गर्दै आएकी छिन् ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।