ग्यास ट्याङकरभित्र १२० किलो गाँजा
फरकधार / २८ असोज, २०७८

वीरगञ्ज भन्सार कार्यालय (आइसिपी) गेटमा भारतीय नम्बरको ग्यास ट्यांकरमा १२० किलो गाँजा फेला परेको छ । वीरगञ्ज महानगरपालिका २५ स्थित आईसिपी गेट अगाडि बेवारिसे अवस्थामा गाँजासहित ट्याङकरलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।



एलपी ग्यास बोक्ने भारतीय एनएल ०१ के ०७५४ नम्बरको बुलेटमा बुधबार गाँजासहित ट्यांकर नियन्त्रणमा लिइएको पर्सा प्रहरी प्रवक्ता डिएसपी प्रह्लाद कार्कीले जानकारी दिए । 

गेटमा शंकास्पद अवस्थामा रोकिएको ट्यांकरलाई जाँच गर्दा चालक बस्ने क्याबिनभित्र लुकाएर राखिएको अवस्थामा गाँजा फेला परेको हो । प्रहरीले ट्यांकर धनी र चालकको खोजी कार्य जारी राखेको छ । 

ग्यास बुलेट र सो गाँजा नियन्त्रणमा लिई लागुऔषध सम्बन्धी कसूरमा अनुसन्धान अगाडि बढाइएको कार्कीले बताए ।



  • प्रकाशित मिति : असोज २८, २०७८ बिहीबार ११:५९:५३,  

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई news@farakdhar.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्


यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया