राष्ट्रपति भण्डारीले साफ च्याम्पियनसिपको फाइनल पुग्ने नेपाली टिमलाई दिइन् बधाई

राष्ट्रपति विद्यादेवी भण्डारीले जारी १३ औं साफ च्याम्पियनसिपको फाइनलमा पुगेको नेपाल राष्ट्रिय फुटबल टिमलाई बधाई तथा शुभकामना दिएकी छन् । 

उनले आज सामाजिक सञ्जाल ट्वीटर मार्फत राष्ट्रिय फुटबल टिमलाई बधाई दिएकी हुन् । 

‘साफ फुटबल प्रतियोगिताको इतिहासमा प्रथम पटक फाइनलमा पुगेर राष्ट्रिय गौरव हासिल गर्न सफल नेपाली फुटबल टोलीका सम्पूर्ण खेलाडी प्रशिक्षक तथा पदाधिकारीहरूलाई हार्दिक बधाई ज्ञापन गर्दै फाइनल प्रतिस्पर्धामा समेत सफलताको लागि अग्रिम शुभकामना दिन चाहन्छु,’ राष्ट्रपति भण्डारीले भनेकी छन् । 

नेपाल पहिलो पटक साफ च्याम्पियनसिपको फाइनलमा पुगेको हो । फाइनलमा नेपालको भेट भारतसँग हुँदैछ । खेल माल्दिभ्सको राजधानी मालेमा शनिबार हुँदैछ । 





  • प्रकाशित मिति : असोज २८, २०७८ बिहीबार १५:५:३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया