दसैं : एक कर्मकाण्ड

दसैं
केही विशेष होइन
मेरा लागि

सडकमा खुसी बेचिरहेछु
आँसु बेचिरहेछु

पटपटी फुटेका मेरा हातहरुमा 
कसरी सुरक्षित रहन सक्ला
नयाँ नोटको सौन्दर्य

मैलो र खुम्चिएको मेरो निधारभरि
कसरी अडिएर बस्ला अक्षताको अस्तित्व 

भारीले थिचिएको मेरो शीरमाथि
बसेको बरियोको यो डोबलाई
कसरी छेक्न सक्ला जमराको सुनौलो रंगले ?

लाग्छ
महिनाहरु च्यातिँदै गएपछि
ऋतुहरु फाट्दै गएपछि
कलेजो टुक्राटुक्रा पारी भाग लगाउन
उस्तै लय र गतिमा दोहोरिरहने
फगत् एक कर्मकाण्ड हो दसैं !
 





  • प्रकाशित मिति : असोज २८, २०७८ बिहीबार १८:५३:७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया