कसैको दबाबमा राष्ट्र र जनताको हितविपरीत काम गर्दिनँ : सापकोटा

सभामुख अग्निप्रसाद सापकोटाले कसैको दबाबमा परेर राष्ट्र र जनताको हितविपरीत काम नगर्ने बताएका छन्। 

सिन्धुपाल्चोकको बलेफी गाउँपालिका–४ फुल्पीङडाँडामा फ्याफुल्ला क्लब भवनको उद्घाटन एवं विजया दशमीको शुभकामना आदानप्रदान कार्यक्रममा आज पुगेका सभामुख सापकोटाले दुई वर्षयता राष्ट्रले कोभिड–१९, प्राकृतिक विपत्ति र राजनीतिक उतार चढावजस्ता सङ्कट बेहोर्नुपरेको चर्चा गर्दै ती सबैबाट क्रमशः पार पाउँदै गएको उल्लेख गरे । 


एक प्रसंगमा नयाँ पुस्ताको उत्साह र जाँगरलाई खेर जान दिन नहुने भन्दै उनले उनीहरुलाई राष्ट्र निर्माणमा सहभागी हुन उत्साहित गराउनुपर्नेमा जोड दिए।

खेल मैदानसहित सुविधा सम्पन्न दुई तले क्लब भवन निर्माणका लागि निर्वाचन विशेष कार्यक्रमअन्तर्गत सभामुखबाट २० लाख, बागमती प्रदेश सरकारबाट ३० लाख र गाउँपालिकाबाट पाँच लाखसहित ५५ लाखमा सम्पन्न भएको छ । 





  • प्रकाशित मिति : असोज २८, २०७८ बिहीबार १९:५१:१४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया