नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले दसैंका अवसरमा देशविदेशमा रहेका सम्पूर्ण नेपालीलाई शुभकामना दिएका छन्।
पूर्वप्रधानमन्त्रीसमेत रहेका नेपालले शुभकामना सन्देश जारी गर्दै विभिन्न जाति समुदायको एकताले राष्ट्रको विकास र जनताको समृद्धिको चाहना पूरा हुने विश्वास व्यक्त गरेका छन्।
'हाम्रो मुलुकमा प्रचलित विविधता तथा मौलिक संस्कृति र परम्पराले विश्व मानचित्रमा नेपालको गौरव बढाएको छ', अध्यक्ष नेपालद्वारा जारी शुभकामना सन्देशमा भनिएको छ।
अध्यक्ष नेपालले दसैं, तिहार, नेपाल संवत् ११४२, छठ, ल्होसार, उँधौली पर्वलगायत नेपाली चाडपर्वले सम्पूर्ण नेपालीका बीचमा आपसी सद्भाव र राष्ट्रिय एकता अभिवृद्धि गर्ने विश्वास व्यक्त गरे।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।