बंगलादेशमा दुर्गापूजास्थलमा तोडफोड, कम्तिमा ३ जनाको मृत्यु

बंगलादेशमा एक फेसबुक पोस्टका कारण भड्किएको हिंसापछि केही दुर्गापूजा स्थलमा तोडफोड भएको छ । सो क्रममा अल्पसंख्यक हिन्दुका १५० परिवारमाथि हमला भएको छ । सो हमलामा परी कम्तिमा ३ जनाको मृत्यु भएको छ । 

बंगलादेशको कोमिल्ला जिल्लामा एक पूजास्थलमा कुरानको अपमान भएको अफवाह फैलिएपछि सो घटना भएको बताइएको छ ।

हिंसा भड्किएपछि ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको थियो । प्रहरीले केही हिन्दु मन्दिर, घर र पसलमा तोडफोडमा संलग्न १० जनालाई पक्राउ गरेको छ ।

बंगलादेशका करिब १५ करोड जनसंख्यामा ८.५ प्रतिशत हिन्दू छन् । विश्व हिन्दु परिषदसहितका केही संस्थाले सो घटनाको कडा निन्दा गर्दै दोषीलाई कारबाही गर्न माग गरेका छन् । 
 





  • प्रकाशित मिति : असोज २९, २०७८ शुक्रबार ६:५५:१६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया