नेपाल र पाकिस्तानमा भन्दा बढी भारतमा भोकमरी

ग्लोबल हंगर इन्डेक्स २०२१ मा भारत ११६ देशको सूचीमा १०१ औं स्थानमा परेको छ । यसअघि भारत ९६औं स्थानमा थियो । 

भारत यो सूचीमा पाकिस्तान, नेपाल र बंगलादेशभन्दा पछि परेको हो । पाकिस्तान ९२ औं स्थानमा छ भने नेपाल र बंगलादेश ७६ औं स्थानमा छन् । 

ग्लोबल हंगर इन्डेक्सको वेबसाइटमा दिएको जानकारी अनुसार यो सूचीमा पाँचभन्दा कम जीएआई स्कोर भएका चीन, ब्राजिल र कुवेतसहित १८ देश शीर्ष स्थानमा छन् ।

विभिन्न देशमा मानिसहरुले खानेकुरा कसरी र कति प्राप्त गर्छन् भन्ने तथ्यांक ग्लोबल हंगर इन्डेक्सले देखाउँछ । ग्लाबेल हंगर इन्डेक्सले हरेक वर्ष तथ्यांक जारी गर्दै आएको छ । 

यो सूचकांकका माध्यमबाट विश्वमा भोकका विरुद्ध चलिरहेको अभियानको उपलब्धि र असफलतालाई देखाउँछ । यो रिपोर्ट आयरल्यान्डको सहयोग एजेन्सी कन्सर्न वल्र्डवाइड र जर्मनीको संगठन वेल्ट हंगर हिल्फले मिलेर तयार गर्छन् ।

रिपोर्टमा भारतमा देखिएको भोकमरीप्रति चिन्ता व्यक्त गरिएको छ । सन् २०२० मा १०७ देशको सूचीमा भारत ९४औं स्थानमा थियो । भारतको जीएचआई अंक कम भएको छ । सन् २००० मा यो ३८.८ अंक थियो । जुन सन् २०१२ देखि २०२१ को बिचमा २८.८–२७.५ भएको छ ।



जीएचआई स्कोर अल्पपोषण, चाइन्ड वेस्टिङ (पाँच वर्षभन्दा कम उमेरका बच्चा, जसको तौल उनीहरुको उचाईको आधारमा कम छ, जसले तीव्र कुपोषण जनाउँछ), चाइल्ड स्टन्टिङ (पाँच वर्षभन्दा कम उमेरका बच्चा, जसको उमेरअनुसार उचाई कम छ, जसले लामो समयदेखि कुपोषण रहेको दर्शाउछ) र बाल मृत्युदर (पाँच वर्षभन्दा कम उमेरका बच्चाको मृत्युदर) का आधारमा तय गरिन्छ ।

जीएचआई बढी हुनुको अर्थ त्यस देशमा भोकमरीको बढी समस्या रहनु हो । कुनै देशको जीएआई स्कोर कम हुनु भनेको त्यहाँको अवस्था राम्रो हुनु हो । रिपोर्टमा भारतमा कोभिड १९ का कारण लगाएको लकडाउनका कारण गम्भीर प्रभाव देखिएको उल्लेख छ ।  
 



  • प्रकाशित मिति : असोज २९, २०७८ शुक्रबार १०:१९:४०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया