विप्लव नेतृत्वको नेकपाका नेता चन्दको निधन

नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका नेता चन्द्रबहादुर चन्द वीरजंगको निधन भएको छ। लामो समयदेखि अस्वस्थ रहेका उनको भारतमा उपचारका क्रममा निधन भएको हो। 

उनी नेकपाका महासचिव नेत्रविक्रम चन्द विप्लवका जेठा दाजु हुन् ।

उनी लामो समयदेखि उच्च रक्तचाप, मधुमेह र फोक्सोको बिरामी थिए । उनको भारतको दिल्लीस्थित म्याक्सीस अस्पतालमा उपचारका क्रममा आज बिहान निधन भएको हो । 

उनी विप्लव नेकपाका केन्द्रीय सदस्य थिए । जनयुद्धकालमा नै उनी नेकपा माओवादीको पर्वत र बाग्लुङ जिल्ला इन्चार्ज भएका थिए । 

२०७६ असोजमा दाङको राजपुरबाट पक्राउ परेका उनी केही महिनाअघि अदालतको आदेशमा चितवन कारागारबाट रिहा भएका थिए। कारागारमा रहँदा समेत उनी पटक–पटक अस्वस्थ भएर अस्पताल भर्ना भएका थिए ।

उनको कपिलवस्तुको शिवराजगढीमा अन्त्येष्टि गरिने पारिवारिक स्रोतले जनाएको छ। उनका श्रीमती र २ छोरा छन् ।
 





  • प्रकाशित मिति : असोज २९, २०७८ शुक्रबार १०:४६:०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया