अमेरिकाका पूर्वराष्ट्रपति बिल क्लिन्टन अस्पताल भर्ना

अमेरिकाका पूर्वराष्ट्रपति बिल क्लिन्टन अस्पताल भर्ना भएका छन् । 

उनका प्रवक्ता एन्जल उरेनियाले क्यालिफोर्नियाको एक अस्पतालमा उपचारका लागि भर्ना भएको जानकारी दिएकी छन् । उनको स्वास्थ्यमा सुधार आइरहेको छ । 

अस्पताल भर्ना गर्नुका कारण नबताइए पनि ७५ वर्षीय क्लिन्टनलाई मुटुसम्बन्धी समस्या रहेको बताइएको छ । 

उनको उपचारका संलग्न चिकित्सकले एन्टियोबायोटिक र फ्लुइड्स दिइरहेको जनाएका छन् । उनलाई निरन्तर निगरानीका लागि अस्पतालमा नै राखिएको छ । 

चिकित्सकले उनको सेता रक्तकोष (डब्लुबीसी) को कमी रहेको जनाएका छन् । न्युयोर्कमा रहेका बिल क्लिन्टनका चिकित्सकसँग पनि सम्पर्क गरेको र उनलाई छिट्टै घर पठाउन सकिने उपचारमा संलग्न चिकित्सकले जनाएका छन् । 
 





  • प्रकाशित मिति : असोज २९, २०७८ शुक्रबार ११:७:३५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया