कन्धार शिया मस्जिद विस्फोटमा मृत्यु हुनेको संख्या ३० पुग्यो, ९० जना घाइते

अफगानिस्तानको दक्षिणी सहर कन्धारको एक शिया मस्जिदमा भएको विस्फोटमा परी मृत्यु हुनेको संख्या ३० पुगेको छ । विस्फोटमा परी ९० जना घाइते भएका छन् । 

बिस्फोट कन्धारको इमाम बारगाह मस्जिदमा भएको थियो । यो बिस्फोट पछिल्लो अफगानिस्तानको उत्तरी सहर कुन्दुजको एक शिया मस्जिदमा भएको विस्फोटको ठिक एक सातापछि भएको हो । गत शुक्रबार कुन्दुजको शिया मस्जिदमा पनि बिस्फोट भएको थियो । उक्त घटनाको जिम्मेवारी तथाकथित इस्लामिक स्टेटले लिएको थियो । 

आजको घटनाको जिम्मेवारी पनि इस्लामिक स्टेटका खुरासान गुटले लिनसक्ने बिबीसीका अफगानिस्तानस्थित संवाददाता सिकन्दर किरमानीले बताएका छन् । 

‘कन्धारस्थित शिया मस्जिदमा भएको विस्फोटको घटना सुन्दा दुःख लागेको छ,’ तालिबान सरकारका गृह मन्त्रालयका प्रवक्ता कारी सैयद खोस्तीले ट्वीटर मार्फत भनेका छन्, ‘दोषीलाई पक्राउ गर्न स्पेशल फोर्स घटनास्थलमा पुगिसकेको छ ।’ 





  • प्रकाशित मिति : असोज २९, २०७८ शुक्रबार १८:२३:२०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया