अमेरिकाले नोभेम्बर ८ बाट ३३ देशका नागरिकलाई सबै सीमा खुला गर्ने घोषणा गरेको छ । कोरोना खोपको पूर्ण मात्रा लगाएकाहरुलाई मात्र सीमा खुला गरिने अमेरिकाले जनाएको छ ।
कोरोना महामारीका कारण अमेरिकाले लामो समयदेखि आफ्ना अन्तर्राष्ट्रिय सीमा नाका बन्द गरेको थियो । ह्वाइट हाउसले आज नयाँ नियम सार्वजनिक गर्दै कोरोनाको दुवै खोप लगाएका र यात्रा गर्नुभन्दा ७२ घण्टाअघिको कोरोना नेगेटिभ रिपोर्ट ल्याउने सबैलाई देशमा प्रवेश दिने जनाएको हो ।
अहिलेको नियमले चीन, भारत, दक्षिण अफ्रिका, इरान, ब्राजिल र केही युरोपेली राष्ट्रबाट आउने गैरअमेरिकीलाई भने अमेरिकामा प्रवेशमा रोक लगाउने छ । ती देश छोडेको १४ दिनपछि मात्र गैरअमेरिकीले अमेरिका प्रवेश गर्न पाउने छन् ।
अमेरिकाले नयाँ नियम सार्वजनिक भए लगत्तै यसको आलोचना सुरु भएको छ । यसले विश्वका १५० देशका नागरिकमाथि अन्याय गरेको जनाइएको छ । अमेरिकाले प्रवेश गर्न खुकुलो बनाएको ३३ देशमध्ये केहीमा अझै पनि कोरोना महमारी गम्भिर रहेको बताइएको छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।