१४औं संस्करणको इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटको उपाधि चेन्नई सुपर किङ्सले उचालेको छ ।
गएराति दुबईमा भएको फाइनलमा कोलकाता नाइट राइडर्सलाई २७ रनले पराजित गर्दै चेन्नईले चौथो पटक आईपीएलको उपाधि जितेको हो ।
चेन्नईले सन् २०१०, २०११ र २०१८ मा आईपीएलको उपाधि जितेको थियो ।
कोलकाताले टस जितेर ब्याटिङको निम्तो दिएपछि पहिले ब्याटिङ गरेको चेन्नईले निर्धारित २० ओभरमा ३ विकेट गुमाएर १९२ रन बनाएको थियो । चेन्नईका लागि फाफ डु प्लेसिसले सर्वाधिक ८६, मोइन अलीले ३७, ऋतुराज गाइकवाडले ३२ र रोविन उथप्पाले ३१ रन जोडे ।
कोलकात्ताका सुनिल नारिनले दुई तथा शिवम् मावीले एक विकेट लिए ।
१९३ रनको लक्ष्यसहित जवाफी व्याटिङमा उत्रिएको कोलकात्ताले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १६५ रन मात्रै बनाउन सक्यो ।
कोलकाताका लागि शुभमन गिलले ५१, वेङ्कटेश अय्यरले ५०, शिवम् मावीले २० र लकी फर्गुसनले १८ रन जोडे पनि अन्य ब्याट्सम्यानले राम्रो प्रदर्शन गर्न सकेनन् ।
चेन्नईका शार्दुल ठाकुरले तीन, रवीन्द्र जडेजा र जोस हेजलउडले २–२ तथा दीपक चाहर र ड्वेन ब्राभोले १–१ विकेट लिए ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।