फ्रेन्च लिग वान अन्तर्गत गएराति भएको खेलमा पेरिस सेन्ट जर्मेन (पिएसजी) विजयी भएको छ ।
पिएसजीले एन्जर्समाथि २–१ को जित निकालेको हो। खेलको ३६औं मिनेटमा फुल्गिनीको गोलबाट एन्जर्सले सुरुवाती अग्रता बनाएको थियो । पहिलो हाफमा १–० ले पछि परेको पिएसजीका ६९औं मिनेटमा डानिलोले बराबरी गोल फर्काए ।
खेलको ८७औं मिनेटमा पाएको पेनाल्टीमा केलियन एमबाप्पेले गोल गरेपछि पिएसजी विजयी भयो। जितपछि शीर्ष स्थानको पिएसजीको १० खेलबाट २७ अंक भएको छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।