झिझिया हेर्न गएका युवक इनारमा मृत भेटिए

सिरहामा झिझिया हेर्न गएका एक युवकको शव इनारमा फेला परेको छ ।

सिरहाको नरहा गाउँपालिका-३ स्थित नयाँ चोहर्वामा इनारमा एक युवकको शव फेला परेको हो ।

गोलबजार नगरपालिका-९ भाइजिटोलका अन्दाजी १९ वर्षीय शत्रुधन महतोको शव शनिबार बिहान मृत अवस्थामा इनारमा फेला परेको हो ।

प्रहरी घटनास्थल पुगेर घटनाको मुचुल्का उठाएको छ । स्थानीयका अनुसार उनी चोहर्वामा दुर्गा मेलामा आयोजित रात्रीकालीन झिझिया कार्यक्रम हेर्न गएका थिए ।

तर, मेलामा राति विवाद भएको र सोही विवादका क्रममा उनी इनारमा खसेको हुनसक्ने प्रहरीको प्रारम्भिक अनुमान छ ।

घटना विषयमा थप अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय मिर्चैयाले जनाएको छ ।





  • प्रकाशित मिति : असोज ३०, २०७८ शनिबार १३:२१:३२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया