नेपालका प्रशिक्षक अलमुताइरीलाई फाइनल खेलमा प्रतिबन्ध

नेपालका प्रशिक्षक अब्दुल्लाह अलमुताइरीलाई साफ च्याम्पियनसिप फुटबलको फाइनल खेलमा प्रतिबन्ध लगाइएको छ ।

लिग चरणमा श्रीलंका र बंगलादेशविरुद्ध पहेँलो कार्ड पाएका कारण फाइनल खेलमा साफले प्रतिबन्ध लगाएको हो । 

साफको नियमावलीमा रातो कार्ड पाएमा मात्र अफिसियलले अर्को खेल गुमाउने उल्लेख भए पनि नेपाली प्रशिक्षकलाई प्रतिबन्ध लगाएको हो । 

नेपालका अन्जन विष्टले पनि लगातार दुई खेलमा पहेंलो कार्ड पाएकाले भारतविरुद्धको फाइनल खेल गुमाउने छन् । 

भारतका प्रशिक्षक स्टिमाचले पनि बंगलादेशविरुद्धको खेलमा रातो कार्ड पाएकाले उनले पनि नेपालविरुद्ध हुने फाइनल खेल गुमाउनेछन् । तर नेपालका प्रशिक्षक अल्मुतारीलाई समेत फाइनल खेलमा प्रतिबन्ध लगाइएको जानकारीसहितको पत्र साफले एन्फालाई दिएको छ ।

प्रशिक्षक अलमुताइरीले असन्तुष्टि जनाउँदै यो नियमविपरीत र अन्यायपूर्ण भएको प्रतिक्रिया दिएका छन् । शनिबार बिहान भर्चुअल पत्रकार सम्मेलन गर्दै उनले यो निर्णय भारतले खेल जितोस् भन्ने चाहनाबाट प्रेरित भएको बताएका छन् ।



अलमुताइरीको प्रशिक्षणमा नेपाल पहिलो पटक साफ च्याम्पियनसिपको फाइनल पुगेको हो । 

साफ च्याम्पियनसिपको बलियो टोली भारत र नेपालबीचको फाइनल खेल आज राति पौने नौ बजे मालदिभ्सको राजधानी मालेमा हुँदैछ ।
 



  • प्रकाशित मिति : असोज ३०, २०७८ शनिबार १३:४८:१४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया