बंगलादेशमा दुर्गा पूजा स्थल र मन्दिरमा हमलापछि हिंस्रक प्रदर्शन

बंगलादेशमा दुर्गापूजा स्थल र मन्दिरमा भएको हमलापछि राजधानी ढाका र नाआखालीमा हिंसात्मक प्रदर्शनका क्रममा प्रहरी र प्रदर्शनकारीबीच झडप भएको छ ।

ढाकाको पाल्टनको बैतुल मुकर्रम मस्जिद र ककरैल इलाका तथा नोआखालीको चौमुहनीमा नमाज पढिसकेपछि प्रदर्शन भएको हो । 

चौमुहनीमा भएको प्रदर्शनका क्रममा केही हिन्दुका घर र पसललाई समेत निशाना बनाएको प्रहरीले जनाएको छ । 

सो क्रममा जतन कुमार साह नाम गरेका व्यक्तिको मृत्यु भएको छ । प्रदर्शनकारीले भारतविरोधी नारा लगाउनुका साथै प्रधानमन्त्री शेख हसिना दिल्लीको नजिक भएको आरोप लगाएका छन् । 
 





  • प्रकाशित मिति : असोज ३०, २०७८ शनिबार १७:२:२५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया