प्रिमियर लिग : सहज जित निकाल्दै लिभरपुल शीर्ष स्थानमा

इंग्लिस प्रिमियर लिग अन्तर्गत शनिबार भएको खेलमा लिभरपुल विजयी भएको छ । उसले घरेलु टोली वाट्फोर्डमाथि ५–० को फराकिलो जित हात पारेको हो । 

लिभरपुलको जितमा रोबर्टो फिर्मिनोले ह्याट्रिक गरे भने सादियो माने र मोहम्मद सलाहले १–१ गोल गरे । 

खेलको नवौं मिनेटमा मानेले गोल गर्दै लिभरपुललाई सुरुवाती अग्रता दिलाएका थिए । यो उनको १००औं प्रिमियर लिग गोल हो । 

३७औं र ५२औं मिनेटमा फिर्मिनाले गोल गर्दा लिभरपुल ३–० ले अघि बढ्यो । ५४औं मिनेटमा सलाहले टोलीका लागि चौथो गोल गरे ।

थप गरिएको समयमा फिर्मिनाले आफ्नो ह्याट्रिक पूरा गर्दै लिभरपुललाई फराकिलो जित दिलाए । 

जितसँगै लिभरपुल ८ खेलमा १८ अङ्कका साथ शीर्ष स्थानमा उक्लिदा समान खेलबाट ७ अङ्क जोडेको वाट्फोर्ड १५औं स्थानमा छ । 





  • प्रकाशित मिति : असोज ३०, २०७८ शनिबार १९:२६:१६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया