रुसमा एकैदिन कोरोना संक्रमणबाट एक हजारभन्दा बढीको मृत्यु

शनिबार एकैदिन रुसमा कोरोना भाइरस संक्रमणका कारण एक हजारभन्दा बढीको मृत्यु भएको छ । 

कोरोना महामारी सुरु भएपछि रुसमा एकैदिन शनिबार सबैभन्दा बढीको मृत्यु भएको हो । पछिल्लो दिन रुसमा कोरोना संक्रमितको संख्या पनि बृद्धि भइरहेको छ । 

नागरिकले कोरोना खोप नलगाएका कारण देशमा संक्रमितको संख्या र मृत्यु हुनेको संख्या बृद्धि भइरहेको रुसी सरकारले बताएको छ । 

रुसी नागरिकले खोपमाथि विश्वास गर्न सकिरहेका छैनन्, जसका कारण उनीहरुले खोप लगाउन मानिरहेका छैनन् । 

शनिबार रुसमा ३३ हजार जनामा कोरोना भाइरस संक्रमण पुष्टी भएको थियो । हालसम्म रुसमा कोरोनाका कारण २ लाख २२ हजार जनाको मृत्यु भइसकेको छ । 





  • प्रकाशित मिति : असोज ३०, २०७८ शनिबार २०:५१:३३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया