साफ च्याम्पियनसिप जित्ने नेपालकाे सपना अधुरै, फाइनलमा भारतसँग ३–० ले पराजित

१३औं संस्करणकाे साफ च्याम्पियनसिपकाे उपाधि भारतले उचालेकाे छ । भारतले फाइनलमा नेपाललाई ३-० ले पराजित गरेकाे हाे । 

माल्दिभ्सकाे मालेस्थित नेशनल फुटबल मैदानमा शनिबार भएकाे फाइनलमा भारतलाई जित दिलाउन कप्तान सुनिल क्षेत्री, सुरेश सिंह र साहल अब्दुल समादले १-१ गाेल गरे ।

पहिलाे हाफ बराबरीमा सकिएकाे खेलकाे ४८औं मिनेटमा सुनिलले गाेल गर्दै भारतलाई अग्रता दिलाएकाे थिए ।

सुनिलले प्रितम काेटलकाे क्रस बललाई हेडमार्फत पाेस्टकाे दिशा दिए ।

पहिलाे गाेल गरेकाे केहि समय भित्रै भारतले आफ्नाे अग्रता दाेब्बर बनायाे । उसका लागि ५० औं मिनेटमा सुरेशले गाेल गरे । 

सुरेशले यासिर माेहम्मदकाे कटब्याकलाई पेनाल्टी क्षेत्र भित्रबाट गाेलमा परिणत गरेका थिए ।



९०औं मिनेटमा समादले गाेल गर्दै भारतलाई सहज जित दिलाए ।
 
याे नितजासँगै भारतले आठाैंपटक साफ च्याम्पियनसिपकाे उपाधि उचाल्दा  नेपालकाे भने पहिलाेपटक साफ जित्ने सपना अधुरै बनेकाे छ ।



  • प्रकाशित मिति : असोज ३०, २०७८ शनिबार २२:४५:३७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया