कठिन जित निकाल्दै चेल्सी प्रिमियर लिगको शीर्ष स्थानमा
फरकधार / ३१ असोज, २०७८

इंग्लिस प्रिमियर लिग अन्तर्गत शनिबार भएको खेलमा चेल्सी विजयी भएको छ । उसले घरेलु टोली ब्रेन्टफोर्डलाई १–० को झिनो अन्तरले पराजित गरेको हो ।



पहिलो हाफको इन्जुरी समयमा बेन चिलवेलले गरेको एक मात्र गोल चेल्सीको जितका लागि पर्याप्त बन्यो ।  

यो जितसँगै लिगको शीर्ष स्थानमा उक्लिएको चेल्सीले ८ खेलमा १९ अंक जोड्दा पराजित ब्रेन्टफोर्ड समान खेलबाट १२ अंकका साथ सातौं स्थानमा छ ।

लिग अन्तर्गत शनिबार नै भएका अन्य खेलमा उल्भ्सले एस्टन भिल्लामाथि ३–२ को जित हात पार्दा साउथह्यामटनले लिड्स युनाइटेडलाई १–० ले हरायो ।  



 
 


  • प्रकाशित मिति : असोज ३१, २०७८ आइतबार ७:०:१६,  

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई news@farakdhar.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्


यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया