इंग्लिस प्रिमियर लिग अन्तर्गत शनिबार भएको खेलमा म्यानचेस्टर युनाइटेड पराजित भएको छ । युनाइटेड घरेलु टोली लेस्टर सिटीसँग४–२ ले पराजित भएको हो ।
सुरुवाती अग्रता जोगाउन नसक्दा युनाइटेड स्तब्ध बन्न पुगेको हो । खेलको १९औं मिनेटमा मासोन ग्रिनउडले पाहुना टोलीलाई अग्रता दिलाएका थिए ।
खेलको ३१ औं मिनेटमा युरी टेलिमान्सले घरेलु टोलीका लागि बराबरी गोल फार्काए । ७८ औं मिनेटमा काग्लर सोयुन्सुले गोल गर्दा लेस्टर २–१ ले अघि बढ्यो ।
८२औं मिनेटमा मार्कुस राशफोर्डले युनाइटेडलाई २–२ को बराबरीमा ल्याए ।
८३ औं मिनेटमा जेमी भार्डी र थप गरिएको समयमा प्याटसन डाकाले गोल गर्दै लेस्टरलाई सहज जित दिलाए ।
पराजयसँगै युनाइटेड ८ खेलमा १४ अंक जोड्दै पाँचौ स्थानमा रहँदा जित हात पारेको लेस्टर समान खेलबाट ११ अंकका साथ ११औं स्थानमा छ ।
लिग अन्तर्गत शनिबार नै भएका अन्य खेलमा म्यानचेस्टर सिटीले बर्नेलीलाई २–० ले पराजित गर्दा नर्विच सिटी र ब्राइटनले गोलरहित बराबरी खेले ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।