भारतको केरलामा भारी वर्षापछि आएको बाढीमा परी कम्तिमा ६ जनाको मृत्यु भएको छ।
बाढीले गम्भीर अवस्था सिर्जना भएपछि राहत तथा उद्दारका लागि सेनासहित एनडीआरएफका ११ टोली परिचालन गरिएको छ ।
राज्यका राजस्वमन्त्री राजन केले भने, ‘सेना र एनडीआरएफका सबै टुकटीहरुलाई तिरुवन्तपुरम र कोट्टयम जिल्लामा तैनाथ गरिएको छ ।’
दक्षिणी एयर कमाण्डलाई समेत मौसम सुधार हुनेबित्तिकै उद्दार र राहतका लागि परिचालन गर्न तयारी अवस्थामा राखिएको छ ।
कांग्रेस नेता तथा तिरुवन्तपुरमका सांसद शशी थरुरले इडुकी, पथनमथिट्टा र कोट्टयम बाढीबाट सबैभन्दा बढी प्रभावित भएको बताएका छन् ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।