टि–२० विश्वकप आजबाट : पहिलो दिन दुई खेल हुँदै
फरकधार / ३१ असोज, २०७८

युएई र ओमानमा संयुक्त रुपमा हुने आईसीसी टि–२० विश्वकप क्रिकेट आइतबारबाट सुरु हुँदैछ । आज पहिलो चरण अन्तर्गतका दुई खेलहरु हुनेछन् ।



ओमानको अल अमारतमा हुने पहिलो खेलमा घरेलु टिम ओमान र पपुवा न्युगिनीबीच प्रतिस्पर्धा हुनेछ । यो खेल नेपाली समयअनुसार दिउँसो पौने ४ बजे सुरु हुनेछ ।
बंगलादेश र स्कटल्याण्डबीच हुने दोस्रो खेल राति पौने ८ बजे सुरु हुनेछ ।

विश्वकपको पहिलो चरणमा ८ टोलीले प्रतिस्पर्धा गर्ने छन् । जसलाई २ समूहमा विभाजन गरिएको छ । 

पहिलो चरणको समूह ‘ए’ मा श्रीलंका, आयरल्याण्ड, नेदरल्याण्ड र नामिबिया तथा समूह ‘बी’ मा बंगलादेश, स्कटल्याण्ड, ओमान र पपुवा न्युगिनी छन् ।
प्रत्येक समूहका शीर्ष २ टोली सुपर १२ मा प्रवेश गर्नेछन् ।



सुपर–१२ को समूह १ मा इंग्ल्यान्ड, अष्ट्रेलिया, दक्षिण अफ्रिका, वेस्ट इन्डिजका साथै पहिलो चरणबाट आउने समूह ‘ए’ को विजेता र समूह ‘बी’ को उपविजेता रहने छन् ।

समूह–२ मा भारत, पाकिस्तान, न्युजिल्याण्ड र अफगानिस्तानसँगै पहिलो चरणको समूह ‘बी’ विजेता तथा समूह ‘ए’उपविजेता रहने छन् ।

सुपर १२ बाट पनि प्रत्येक समूहका शीर्ष २ टोलीले सेमिफाइनलमा स्थान सुरक्षित गर्नेछन् । 

आबुधाबीमा हुने पहिलो सेमिफाइनल नोभेम्बर १० र दुबईमा हुने दोस्रो सेमिफाइनल नोभेम्बर ११ मा हुनेछ । दुबईमा हुने फाइनल खेल नोभेम्बर १४ मा हुनेछ । 

  • प्रकाशित मिति : असोज ३१, २०७८ आइतबार ७:५७:२६,  

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई news@farakdhar.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्


यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया