आसियनको सिद्धान्तलाई कमजोर पारिदैछ : म्यानमार

म्यानमारले त्यहाँका सैनिक शासकलाई आसियनको सम्मेलनमा नबोलाउने निर्णयप्रति असन्तुष्टि जनाएको छ । म्यानमारले यो घटनाले आसियनको सिद्धान्तलाई कमजोर बनाउने टिप्पणी समेत गरेको छ । 

म्यानमारको सैनिक सरकारका प्रवक्ता जनरल ज मिन टुनले सबैको सहमतिमा निर्णय लिने र अर्काको आन्तरिक मामिलामा हस्तक्षेप नगर्ने नीतिलाई समेत आसियानले तोडेको टिप्पणी गरेका छन् । 

ज मिन टुनको इशारा हालै अमेरिका र आसियान देशका विदेशमन्त्रीको बैठकको निर्णयतिर केन्द्रित थियो । 

यसअघि आसियानले म्यानमारका सैनिक शासक जनरल मिन अन्ग ह्लाइंगको स्थानमा म्यानमारका तर्फबाट स्वतन्त्र गैरराजनीतिक व्यक्तिलाई सम्मेलनमा बोलाउने निर्णय गरेको थियो । 
 





  • प्रकाशित मिति : असोज ३१, २०७८ आइतबार ८:२२:१४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया