नेपालीहरुको महान पर्व बडादसैंको टीका र जमरा मान्यजनको हातबाट लगाइँदैछ ।
शुक्रबार नै विजयादशमी भए पनि कोजाग्रत पूर्णिमासम्म नवदुर्गाको प्रसादका रुपमा टीका र समृद्धिको प्रतीक जमरा लगाएर आशिर्वाद लिने दिने चलन रहेको छ ।
विजयादशमीमा टीका लगाउन नभ्याएका र टाढा रहेका आफन्त तथा मान्यजन कहाँ आज पनि टीका लगाउन जाने र आशिर्वाद लिने गरिन्छ ।
बडादसैंको टीकासँगै सहरी क्षेत्रमा पनि चहल पहल बढेको छ । दसैं मनाउन गाउँघर गएकाहरु काठमाडौंलगायतका सहरी क्षेत्रमा पुनः फर्किन थालेका छन् ।
कोरोना संक्रमणको जोखिम कायमै रहेपनि खोप लगाउनेको संख्या बढेका कारण कडाई गरिएको छैन ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।