लोकसेवा आयोगलाई गालीगलौज गरेको भन्दै एक युवक कालोसूचीमा

प्रदेश २ को लोकसेवा आयोगलाई गालीगलौज गरेको भन्दै एक युवकलाई कालोसूचीमा राखिएको छ। 

गालीगलौज गर्दै आयोगको इमेलमा प्रतिक्रिया दिएपछि महोत्तरीको मनरा सिस्वा नगरपालिका-९ बथनाहाका प्रनित कुमार झालाई एक वर्षका लागि कालोसूचीमा राखिएको हो । 

कर्मचारी भर्नाका लागि आयोगले गरेको विज्ञापनमा अनलाइनमार्फत झाले दरखास्त दिएका थिए । उनले अनलाइन फारम भर्ने क्रममा केही प्रमाणपत्र पेस गरेका थिएनन् । प्रमाण अपुग रहेको भन्दै आयोगले इमेल मार्फत जवाफ मागेको थियो । 

तर उनले आयोगको इमेलको जवाफ दिनुको साटो उल्टै अपशब्द प्रयोग गरी प्रतिक्रियामा गालीगलौज गरेको प्रदेश लोकसेवा आयोगले जनाएको छ ।

असोज ६ मा एक पत्रिकामा सूचना प्रकाशन गरी उनलाई कालो सूचीमा राखेर कारबाही गरिएको छ ।





  • प्रकाशित मिति : असोज ३१, २०७८ आइतबार ११:१९:९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया