धनुषामा तीन जना सवार मोटरसाइकल दुर्घटना, दुई युवकको मृत्यु

धनुषाामा तीन जना सवार मोटरसाइकल दुर्घटनामा परी २ जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन्। 

मोटरसाइकल अनियन्त्रित भई रुखमा ठोक्किँदा दुईजनाको मृत्यु भएको हो । 

सबैला नगरपालिकामा शनिबार दिउँसो तीव्र गतिमा रहेको बा.४८ प. ५५२२ नम्बरको मोटरसाइकल अनियन्त्रित भई रुखमा ठोक्किँदा दुईजनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।

मृत्यु हुनेमा धनुषाको गणेशमान चारनाथ नगरपालिका-१ बस्ने २७ वर्षीय दीपलाल महरा र सोही ठाउँका २१ वर्षीय हरिचन महरा छन् ।

मोटरसाइकलमा सवार लालबाबु पासवान गम्भीर घाइते भएका छन् ।

तीव्र गतिका कारण मोटरसाइकलले नियन्त्रण गुमाउँदा रुखमा ठोक्किएर दुर्घटना भएको प्रहरीले जनाएको छ ।





  • प्रकाशित मिति : असोज ३१, २०७८ आइतबार ११:४३:२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया