छुट्टाछुट्टै स्थानमा भएका सवारी दुर्घटनामा ११ जनाको मृत्यु

देशका बिभिन्न स्थानमा भएका सवारी दुर्घटनामा ११ जनाको मृत्यु भएको छ । सप्तरी, सुर्खेत, कैलाली, धनुषा, मकवानपुर, कास्की र बाँके भएका सवारी दुर्घटनामा उनीहरुको मृत्यु भएको प्रहरीले जनाएको छ । 

सप्तरीको सुरुङ्गा नगरपालिका–३ कर्हवा चोकमा प्र.३–०२–०१३ प ७१८४  नम्बरको मोटरसाइकलको ठक्करबाट शनिबार साइकलयात्रीको ​ मृत्यु भएको छ । मृत्यु हुनेमा सोही नगरपालिका–२ हदिया बस्ने ७० वर्षीय रामेश्वर चौधरी रहेका छन् । 

सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–१४ लादेस्थित सडकमा प्रदेश ०२–००१ ख ०१६६ नम्बरको गाडी शनिबार दुर्घटना हुँदा दैलेख नारायण नगरपालिका–११ बस्ने १८ वर्षीय सुशिल रावत लगायत २ जनाको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनीहरुको कर्णाली प्रदेश अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । 

दुर्घटनामा घाइते भएका ९ जनामध्ये ४ जना उपचार पश्चात डिस्चार्ज भएका छन् भने अन्य ५ जनाको सोही अस्पतालमा उपचार भइरहेको छ ।    

कैलालीको टिकापुर नगरपालिका–५ पार्करोडस्थित सडकमा से.६ प १९३१ नम्बरको मोटरसाइकल शनिबार दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ । मृत्यु हुनेहरुमा मोटरसाइकल चालक सोही नगरपालिका–१ गणेशपुर बस्ने १८ वर्षीय सुन्दर मगर र मोटरसाइकलमा सवार सोही ठाउँ बस्ने १८ वर्षीय केशव मगर रहेका छन् । 

धनुषाको गणेशमान चारनाथ नगरपालिका–२ जुडीस्थित सडकमा बा.४८ प २२५५ नम्बरको मोटरसाइकल अनियन्त्रित भई रुखमा ठोक्किदा शनिबार दिउँसो २ जनाको मृत्यु भएको छ । मृत्यु हुनेहरुमा मोटरसाइकलमा सवार सोही ठाउँ बस्ने २० वर्षीय हरिचन पासवान र २१ वर्षीय दिपलाल महरा रहेका छन् । 



मकवानपुरको ईन्द्रसरोबर गाउँपालिका–२ लामिबगरस्थित सडकमा ना.१ ज ४५११ नम्बरको सुमो सडकबाट करिब २ सय मिटर तल खोल्सामा खस्दा शनिबार २ जनाको मृत्यु भएको छ । मृत्यु हुनेहरुमा काठमाडौं महानगरपालिका–१६ गोदाबारी बस्ने ६२ वर्षीय विष्णुलाल श्रेष्ठ र पर्सा पोखरिया नगरपालिका–७ गोविन्दपुर बस्ने ५० वर्षीय रामसनही राम रहेका छन् । 

दुर्घटनामा घाइते भएका सुमो चालक सहित ४ जनालाई हेटौंडास्थित सन्चो अस्पताल र ४ जनालाई स्टार अस्पताल ललितपुरमा उपचार भइरहेको छ । 



कास्कीको पोखरा महानगरपालिका–२६ सुन्दरी बजारमा ग.१२ प ४०३२ नम्बरको मोटरसाइकल र ग.१ ज ६८७८ नम्बरको पिकअप भ्यान ठोक्किदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा मोटरसाइकलमा सवार मादी गाउँपालिका–५ मिजुरेडाँडा बस्ने ४५ वर्षीय सूर्य बहादुर क्षेत्री छन् । 

बाँकेको खजुरा गाउँपालिका–३ धौलागिरीस्थित सडकमा भे.१ ह ७०२ नम्बरको अटो  शनिबार बिहान दुर्घटना  हुँदा अटोमा सवार बाँके खजुरा गाउँपालिका–४ गाउँ बस्ने ४५ वर्षीया प्रेम कला सुनारको मृत्यु भएको छ । 

  • प्रकाशित मिति : असोज ३१, २०७८ आइतबार १४:४:५५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया