फेसबुकमा कमेन्ट गरेको विषयलाई लिएर वादविवाद  हुँदा पेस्तोल झिकेपछि...

बलरा नगरपालिका–३ लक्ष्मीपुर बस्ने २४ वर्षीय नवनित झालाई १ थान पेस्तोल र १ थान म्याग्जिन सहित शनिबार प्रहरीले पक्राउ गरेको छ । 

सोही ठाउँ बस्ने ३५ वर्षीय बिनय झा र नवनितबिच फेसबुकमा कमेन्ट गरेको बिषयलाई लिएर वादविवाद हुँदा नवजितले बिनयलाई पेस्तोल ताकेका थिए । 

उक्र खबर प्राप्त हुनासाथ सिमा प्रहरी चौकी बलरामाबाट खटिएको प्रहरीले नवजितलाई उक्त हतियार सहित फेला पारी पक्राउ गरेको हो । 
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ । 

 





  • प्रकाशित मिति : असोज ३१, २०७८ आइतबार १४:२६:४६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया