७८ वर्षीय पतिको कुटपिटबाट ६५ वर्षीया पत्नीको मृत्यु
फरकधार / ३१ असोज, २०७८

घरायसी बिषयमा झै–झगडा भई कुटपिट हुँदा रसुवाको नौकुण्ड  गाउँपालिका–५ भोर्लेडाँडा टोल बस्ने ६५ वर्षीया कान्छी माया गमदानको मृत्यु भएको छ । 



आपसी झगडामा उनकै पति ७८ वर्षीय बुद्धि बहादुर गमदानले शनिबार बिहान कान्छीमायालाई लात्ती प्रहार गर्दा उनी पिँढीबाट आँगनमा बजारिन पुगेको प्रहरीले जनाएको छ । 

आँगनमा खस्दा गम्भीर घाइते भएको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय कालिकास्थानबाट खटिएको प्रहरीले उनलाई उपचारका लागि त्रिशुली अस्पताल नुवाकोट पठाएको थियो । उपचारको क्रममा शनिबार बेलुकी उनको मृत्यु भएको हो । 

कुटपिटमा संलग्न बुद्धिलाई नियन्त्रणमा लिएर यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।



  • प्रकाशित मिति : असोज ३१, २०७८ आइतबार १५:१५:४५,  

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई news@farakdhar.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्


यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया