रक्षामन्त्री रिजालले गरे सैनिक मुख्यालय जंगी अड्डाको निरीक्षण भ्रमण

रक्षामन्त्री डा. मीनेन्द्र रिजालले सैनिक मुख्यालय जंगी अड्डाको निरीक्षण भ्रमण गरेका छन् । भ्रमणका बेला उनले विविध विषयबारे जानकारी लिएको नेपाली सेनाले जनाएको छ । 

प्रधान सेनापति प्रभुराम शर्माले उनलाई जंगी अड्डामा स्वागत गरेका थिए । स्वागत मन्तव्यको क्रममा हालसम्म नेपाली सेनालाई नेपाल सरकार तथा रक्षा मन्त्रालयबाट प्राप्त भईरहेको निर्देशन तथा सहयोगको लागि उनले हार्दिक आभार व्यक्त गरेका थिए । 

प्रधान सेनापति शर्माले रक्षामन्त्रीको सबल नेतृत्व र निर्देशनमा रक्षा मन्त्रालयबाट नेपाली सेनाको आधुनिकिकरण र पेशागत सुदृढीकरणमा विशेष टेवा पुग्ने विश्वास समेत व्यक्त गरेका थिए । 

नेपाली सेना जस्तोसुकै परिस्थितिमा पनि संविधानप्रदत्त जिम्मेवारी निर्वाह गर्न कटिबद्ध रहेको विश्वास उनले व्यक्त गरे । 

रक्षामन्त्री रिजालले सैनिक अधिकृतहरूलाई सम्बोधन गर्दै आफु रक्षा मन्त्रीमा नियुक्त भएकोमा गौरव महसुस गरेको बताएका थिए । सोही क्रममा उनले नेपाली सेनाले देश भित्र विपद व्यवस्थापन र कोभीड–१९ महामारी बिरुद्धको प्रतिकार्य तथा देश बाहिर शान्ति स्थापनार्थ निर्वाह गरेको भूमिकाको प्रशंसा गरेका थिए ।

आफ्नो कार्यकाल भरी राष्ट्रिय सुरक्षाको प्रवर्द्धन तथा नेपाली सेनाको क्षमता अभिबृद्धिका लागि प्रयत्नशील रहने प्रतिबद्धता मन्त्री रिजालले गरे । नेपाली सेनाले प्राथमिकतामा राखेका कार्यहरुको कार्यान्वयनमा श्रोतको सुनिश्चितताका लागि हर सम्भव प्रयत्न गर्ने समेत उनले बताए । 





  • प्रकाशित मिति : असोज ३१, २०७८ आइतबार १५:२६:४१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया