पछिल्लो चौबिस घण्टामा देशभर ८ हजार ७७ जनाको कोरोना परिक्षण गर्दा ३९१ जनामा संक्रमण पुष्टी भएको छ । योसँगै नेपालमा कोरोना भाइरस संक्रमितको कूल संख्या ८ लाख ९८ हजार ३९९ पुगेको छ ।
बितेको चौबिस घण्टामा ६ हजार ९६६ जनाको पिसीआर र १ हजार १११ जनाको एन्टिजेन विधिबाट परिक्षण गरिएको थियो । परिक्षण गरिएकामध्ये ४.८४ प्रतिशतमा संक्रमण देखिएको छ ।
सोही अवधिमा कोरोना भाइरस संक्रमणका कारण नेपालमा थप ६ जनाको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोनाका कारण मृत्यु हुनेको कूल संख्या ११ हजार २८४ पुगेको छ ।
नेपालमा रहेका संक्रमितमध्ये हालसम्म ७ लाख ८१ हजार ४५६ जना निको भइसकेका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज देशमा सक्रिय संक्रमितको संख्या १२ हजार २९७ रहेको छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।