गृह मन्त्रालयले आज १२ जना सहसचिव तथा प्रमुख जिल्ला अधिकारी (प्रजिअ)को सरुवा गरेको छ ।
मन्त्रीस्तरीय निर्णयका आधारमा उनीहरुको सरुवा गरिएको गृह मन्त्रालयले जनाएको छ ।
गहले आज सहसचिव किरण थापालाई जिल्ला प्रशासन कार्यालय कैलालीमा सरुवा गरेको छ । कैलालीका प्रजिअलाई गृह मन्त्रालयका तानेको छ ।
यस्तै गृह मन्त्रालयमा कार्यरत सहसचिव जगन्नाथ पन्तलाई जिल्ला प्रशासन कार्यालय पाल्पामा सरुवा गरिएको छ । गृह मन्त्रालयमा कार्यरत सहसचिव हरि प्रसाद घिमिरेलाई जिल्ला प्रशासन कार्यालय अर्घाखाँचीमा सरुवा गरिएको छ ।
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका उपसचिव वेदनिधि खनाललाई जिल्ला प्रशासन कार्यालय सिन्धुपाल्चोकमा सरुवा गरिएको छ । डोल्पाका प्रजिअ माधव प्रसाद ढकाललाई प्राधिकरणमा सरुवा गरिएकाे छ ।
कारागार व्यवस्थापन विभागका निर्देशक बेदनिधी अधिकारीलाई जिल्ला प्रशासन कार्यालय डोल्पा पठाइएको छ । कपिलवस्तुको इलाका प्रशासन कार्यालका निर्देशक नेत्र प्रसाद शर्मालाई भने जिल्ला प्रशासन कार्यालय मुस्ताङ पठाइएको छ ।
मुस्ताङका प्रजिअ श्रीनाथ पौडेललाई जिल्ला प्रशासन कार्यालय रोल्पा सरुवा गरिएको छ । अर्घाखाँचीको प्रजिअ विष्णु पौडेललाई गृह मन्त्रालयका तानिएको छ ।
यस्तै, मन्त्रालयका उपसचिव राजु प्रसाद पौडेललाई जिल्ला प्रशासन कार्यालय स्याङ्जा सरुवा गरिएको छ । स्याङ्जाका प्रजिअ दीपकराज नेपाललाई गृह मन्त्रालयका तानिएको छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।