भारतमा २३० दिनपछि सबैभन्दा कम संक्रमित

भारतमा २३० दिन अर्थात करिब ८ महिनापछि सबैभन्दा कम कोरोना संक्रमित भेटिएका छन् । स्वास्थ्य विभागका अनुसार पछिल्लो २४ घन्टामा १३ हजार ५९६ जनामा संक्रमण पुष्टि भएको छ । 

आइतबार भारतमा १४ हजार १४६ जनामा संक्रमित भेटिएका थिए । लगातार घट्दो संक्रमित संख्याका कारण सक्रिय संक्रमितको संख्यामा पनि धेरै कमी आएको छ ।

भारतमा हाल सक्रिय संक्रमितको संख्या २ लाखभन्दा कम भएको छ । आज जारी तथ्यांकअनुसार सक्रिय संक्रमितको संख्या १ लाख ८९ हजार ६९४ छ । 

भारतमा पछिल्लो २४ घन्टामा १६६ जनाको मृत्यु भएको छ । भारतमा हालसम्म कोरोनाबाट ४ लाख ५२ हजार २९० जनाको मृत्यु भएको छ । भारतमा हालसम्म ३ करोड ४० लाख ८१ हजार ३१५ जना संक्रमित भइसकेका छन् । 


 





  • प्रकाशित मिति : कात्तिक १, २०७८ साेमबार ११:६:३५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया