आइसिसी टि–२० विश्वकपः आयरल्यान्डको विजयी सुरुवात

आइसिसी टि–२० पुरुष विश्वकपमा आयरल्यान्डले विजयी सुरुवात गरेको छ । उसले सोमबार पहिलो चरणको समूह ‘ए’ अन्तर्गतको खेलमा नेदरल्यान्डलाई ७ विकेटले पराजित गरेको हो ।  

नेदरल्याण्डले प्रस्तुत गरेको १०७ रनको समान्य लक्ष्य आयरल्यान्डले १५.१ ओभरमा ३ विकेट गुमाउँदै पुरा गरेको थियो ।  

आयरल्यान्डका लागि गेराथ डेलनीले सर्वाधिक ४४ रनको योगदान दिएका थिए । १२.५ ओभरमा पिटर सेलारले बोल्ड गराउनुअघि उनले २९ बलमा ५ चौका र २ छक्का प्रहार गरेका थिए । 

पल स्टर्लिङ ३० र कर्टिस क्यामपेर ७ रनमा अविजित रहे । 

नेदरल्यान्डका फ्रेड क्यालसेन, पिटर सेलार र बे्रन्डन ग्लोभरले समान १ विकेट हात पार्न सफल भएका थिए । 

ओमानको मस्कटस्थित अल अमारत क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ  रोजेको नेदरल्याण्डले निर्धारित २० ओभरमा सबै विकेट गुमाउँदै १०६ रन जोडेको थियो । 



म्याक्स ओडोउडले अर्धशतकीय पारी खेले पनि अन्य ब्याट्सम्यानको राम्रो साथ नपाउँदा नेदरल्यान्डले बलियो योगफल तयार पार्न सकेन । 

१६.३ ओभरमा मार्क अदिरले ह्यारी टेक्टरबाट क्याच गराउनुअघि ओडोउडले ४७ बलमा ७ चौकाको मद्दतले ५१ रन जोडेका थिए ।  



कप्तान पिटर सेलारले २१, कोलिन अक्रेरमन र लोगान भान विकले समान ११ रनको योगदान दिँदा अन्य ब्याट्सम्यानले दोहोरो अंकमा रन जोड्न सकेनन् । 

आयरल्यान्डका कर्टिस क्यामपेरले ४, मार्क अदिरले ३ र जोसुवा लिटलले १ विकेट हात पार्दा २ विकेट रन आउटका रुपमा प्राप्त गर्यो ।  

यो जितसँगै आयरल्यान्डले २ अंक जोड्दा नेदरल्याण्डले भने हारबाट प्रतियोगिताको सुरुवात गरेको छ । 

  • प्रकाशित मिति : कात्तिक १, २०७८ साेमबार १९:५७:२२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया