देशभर आज थपिए ५९१ जना कोरोना संक्रमित, ९ जनाको मृत्यु

पछिल्लो चौबिस घण्टामा देशभर थप ५९१ जनामा कोरोना भाइरसको संक्रमण पुष्टी भएको छ । योसँगै नेपालमा कोरोना भाइरस संक्रमितको कूल संख्या ८ लाख ९८ हजार ९९० पुगेको छ । 

बितेको चौबिस घण्टामा ७ हजार ६५४ जनाको पिसीआर र २ हजार ४३ जनाको एन्टिजेन विधिबाट परिक्षण गर्दा ५९१ जनामा कोरोना संक्रमण भेटिएको हो । 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो चौबिस घण्टामा कोरोना भाइरसको संक्रमणको कारण थप ९ जनाको मृत्यु भएको छ । योसँगै नेपालका कोरोनाका कारण मृत्यु हुनेको संख्या ११ हजार २९३ पुगेको छ । 

मन्त्रालयका अनुसार नेपालमा रहेका कोरोना संक्रमितमध्ये ७ लाख ८२ हजार ३९३ जना निको भइसकेका छन् । हाल देशभर सक्रिय संक्रमितको संख्या ११ हजार ८७४ रहेको छ । 





  • प्रकाशित मिति : कात्तिक १, २०७८ साेमबार २०:५२:५८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया